Thursday, November 25, 2010

Best Ghazal Ever

पठाको'छु रहस्यका शब्दहरु कोरी आमा
पर्दा भित्र लुकेको वास्तविकता चोरी आमा

मुग्लानको रंगभेदी अतिवादी समाजमा
भिक्टभाषी कोही छैन खोज्छन् सबै जोरी आमा

सुनौला र सरल दिन बिताउँछु सोचेथें
तर आज जीवित छु ढुंगा गिटी फोरी आमा

संगै आउने साथीको नि छैन सानो घाउ त
उनी पनि बाँचेका छन् शौचालय सोरी आमा

प्रचण्ड गर्मी महिना त्यही माथि ताता गाली
भएकोछु लास सरी ज्यूँदै यहाँ मोरी आमा

सानै छाडी प्रदेश आएँ जिज्ञासाले पोल्दैछ
बिसर्िएकी सम्झन्छन् मलाई छोराछोरी आमा


मंसीर लाग्यो घरमा हुर्किएकी बहिनी छ
कुरा छिन्नु पठाइदिन्छु टिका धागो डोरी आमा

ठूलो खँडेरीले गर्दा भोकमरी छायो सुन्छु
सकियो कि अन्नहरु मकै कोदो तोरी आमा

पश्चातापको भूमरीमा रुमिलंदै छु यहाँ
मेरो पीर नलिएर खानु पेट भोरी आमा

कपोल कल्पित
पाल्पा, रामपुर ५ आदर्शनगर
हाल : Omega Int'l College
कुमारीपाटी ललितपुर

No comments:

Post a Comment