Monday, February 21, 2011

klxnf]k^s dfofn'nfO{ lrg]sf] lbg ofb cfof]
b'O{ kfO{nf pgL;Fu} lx*]sf] lbg ofb cfof] .

a;GtnfO{ ;'xfpg] Ct' pgsf] gfd /fv]
n'sLl%kL pgLnfO{ g} x]/]sf] lbg ofb cfof] .

la%f]l*bf dfof a(\% eGy] ;a} ;fFrf] /}%
pgs} gfpdf uhn d}n] sf]/]sf] lbg ofb cfof] .

sIffsf]&f %f]*]/ dfofk|]d nfpFbf v]/L
b'j}n] g} ;hfo Tof] ef]u]sf] lbg ofb cfof] .

cGwsf/df Hof]lt %g{] h"geGbf pgL /fd|L
xf^ahf/df hfn] ?dfn lsg]sf] lbg ofb cfof] .
                   j;Gt ;f? du/,
                   la O{ k|yd jif{,
                   n'lDjgL O{lGhlgol/ª sn]h, a'^jn, ?kGb]xL .

Monday, February 14, 2011

लोडसेडिङ एक - फाइदा अनेक !

"गरिब आदमी अगर मजबुरी को मजाक न बनाए तो जीए कैसै !" कुनै एउटा हिन्दी कमेडी फिल्ममा सुनेको यो एक लाइन आजकल आफैँमा लागू हुन थालेको छ । बिहान उठ्ने बित्तिकै टुथपेस्ट र ब्रस भन्दा पहिला त्यस दिनको लोडसेडीङको तालीका हेर्नु पर्ने नियति र बत्ती जाने र आउने समयको निर्धारण गरेर मात्रै अन्य दैनिक योजना बनाउन पर्ने मजबुरीका बीच अभ्यस्त हुँदाहुँदा आजकल मैले पनि भाँडभैलोको राजनीतिमा रम्ने महान् नेताहरहको योग्यताका कारण विरासतमै पाएको लोडसेडीङका मजबुरी भित्र धेरै 'मजाक' भेट्न थालेको छु ।
हो, लोडसेडीङ खाली खराब मात्रै छैन्, यसका धेरै फाइदाहरू पनि छन् । मेरै कुरा गर्ने हो भने त आजकल मलाई यसका बेफाइदा भन्दा फाइदाहरू नै बढी लाग्न थालेका छन् । पत्याउनु हुन्न ?, ल हेर्नुस त लोडसेडिङका कत्ति फाइदाहरू छन् ।
फाइदा नम्बर एक-- धार्मिक क्रियाकलापमा वृद्धि:- तपाईँलाई लाग्ला सायद अयोग्यतम् नेताका योजना विहीन सोच र नालायकीपनका कारण विद्यमान लोडसेडीङ र धार्मिकता बीच के सम्बन्ध छ भनेर । तर नआत्तिनुस, म यसको सम्बन्ध पनि प्रमाणित गर्छु र यसका कारण भएको धार्मिक क्रियाकलापको वृद्धिलाई पनि सिद्ध गर्ने छु ।
मेरो आफ्नै कुरा गर्ने हो भने पनि बिहान उठेर नित्य कर्म पश्चात् कम्प्युटरमा झुम्मिने र इन्टरनेट वा टेलिभिजनका च्यानलहरू चहार्ने काम मजबुरीमा रोकिएकोले अचेल बिहानको बचेको समयमा मन ध्यान-धारणातिर जान थालेको छ । घर नजिकैको मन्दिरमा पनि लोडसेडीङ सुरु भएपछि घण्टी बढ्ने क्रम बढ्दै गएको प्रस्ट महसुस भएको छ भने, अनौपचारिक आँकडाले पशुपति-गुह्येश्वरीमा मात्रै हैन्, लोडसेडीङ जत्ति जत्ति बढ्छ बुढानिलकण्ठ र दक्षिणकालीमा समेत त्यही अनुपातमा दर्शनार्थीको लाम बढ्ने कुरा दर्शाउँदै छ ।
फाइदा नम्बर दुई-- पारिवारिक र सामाजिक सम्बन्धमा सुधार:- बत्ती आउन्जेल, भए काम र नभए टिभी हेरेरै आराम गर्ने बानी लागेका सबैजना, लामो समयसम्म बत्ती नआउने भएपछि समय बिताउन र बचेखुचेको नानाथरीका ऊर्जा जोगाउन पनि घरको एउटै कोठामा बसेर गफ्फिन थालेका छन् । काख-काखमै पुगेका ल्यापटप र कोठा कोठामा रहेका इडियटबक्सका कारण कहिल्यै फुर्सद नहुने परिवारका सबै व्यक्तिहरू लामा-लामा अध्याँरा रात र ऊर्जा बिचिन दिनका समय बिताउन एकै कोठा वा आसपासका छिमेकी र नातेदार कहाँ जम्मा हुन थालेका छन् । लोडसेडीङले असुविधा पैदा गरेको अनुपातमा यो पारिवारिक पृथकिकरण र सामाजिक विखण्डनबाट पुरै समाजलाई त्राण दिएको फाइदाको नै उच्च मूल्याङ्कन हुनुपर्छ भन्ने मेरो ठहर बलियो बन्दै गएको छ ।
फाइदा नम्बर तीन-- रचनात्मक सोचको विकास:- सुनिन्छ, बत्ती आऊन् जेलसम्म चाहिने नचाहिने रमझममै रमाउने नेपाली समाज आजकल अन्धकारले घर गर्दै गएपछि सोच-विचारका लागि प्रशस्त समय दिन सक्षम भएका छन् । बत्ती निभेपछि बिद्युतकै सहारामा गर्दै र चलाउँदै आएको कैयन् कामहरू कसरी बिना बत्ती गर्न सकिन्छ भनेर नयाँ नयाँ सोच र उपायहरू जन्मेका छन् । धोएर राखेको पाइन्ट इस्त्री नलगाइकन तन्काउन र क्रिज बनाउन डस्ना मुनि रातभर राख्ने प्रविधि र चलाउँदा चलाउँदा सक्कीएका थोत्रा पुराना ब्याट्रीहरूलाई घाममा तताएर वा अँगेनामा सेकाएरै भए पनि पुनः केही बेर प्रयोग गर्न मिलाउने तरिकाहरू पनि सायद यस्तै अन्धकारका उपजहरु होलान । अन्धकार यस्तै लम्बिदैं गएमा सोच मात्रै हैन, प्रविधि र केही समयपछि आवश्यक्ता र मजबूरीका बीचमा हामीले सन्देश आदानप्रदानका लागि टेलीप्याथी (दूरसंवेदन), स्वास्थ र आरोग्यका लागि योगका नयाँ नयाँ पद्धति, प्यास लाग्दा पानी नखाइ र खानेकुरा नपकाइ खान मिल्ने बनाउने सूत्र समेत पत्ता लगाउने छौँ भन्नेमा मेरो पूर्ण विश्वास छ ।
फाइदा नम्बर चार--जनस्वास्थ्यमा अनुकूल सुधार:- लोडसेडिङका कारण सानातिना अस्पतालमा शल्यक्रिया गर्न समेत समस्या भइरहेको बेलामा यो स्वास्थ्यमा सुधार आउने कुरा भने बुझ्न अलिकता दिमाग खियाउनै पर्छ । बिजुली बत्ती नदारद भएपछि यीनकै भरमा गरिने सम्पूर्ण कामहरू अचेल हातबाटै हुने गरेका छन् । इलेक्ट्रिक पावरमा निर्भर मानिस 'म्यान पावर' मा चल्न थालेपछि यथेष्ट व्यायाम भएकाले लोडसेडीङ बढ्न थालेपछि नेपालीहरूको स्वास्थ्यमा पनि अनुकूल सुधार देखिन थालेको छ । मानिसहरू तन्दुरुस्त, स्वस्थ र फुर्तिला देखिन थालेका छन् । लोडसेडिङ नहुने बेलाको तुलनामा, लोडसेडीङ बढेपछि को समय दाँजेर हेर्दा हस्पिटल, क्लिनिक वा औषधी पसलमा समेत सेवा ग्राही वा ग्राहकको चाप ह्वात्तै घटेको कुरा सूचकाङ्कहरूले देखाउँदै छन् ।
फाइदा नम्बर पाँच-सांस्कृतिक-भाषिक सुधार:- माथिका प्रतक्ष फाइदाहरु बाहेक लोडसेडिङका कारणले सांस्कृतिक-भाषिक तहमा पनि आमूल सुधार आउने क्रम जारी छ । यसका कारण जनमासनसमा कुराकानीको नयाँ विषय थपिएको छ। परिचित व्यक्तिहरू कतै जमघट हुँदा "नमस्ते" वा "के छ?" को सट्टा "बत्ति छ?" भन्न थालेका छन् । बिस्तारै नेपाली भाषाका शब्दकोषमा 'बत्ती छ?" भन्ने वाक्यांशले अभिवादनको स्थान लिँदै छ र यसकै कारण हाम्रो शब्द सङ्ग्रह बढ्ने छ । यसै क्रममा दिनभर बत्ती आउने दिनलाई जनमानसमा 'दीपक दिन' , तोकिएको समय भन्दा पहिलै बत्ती जाने अवस्थालाई 'शीघ्र गमन' र आक्कलझुक्कल भनेको समय भन्दा पहिले बत्ती आउने अवस्थालाई बताउन 'विस्मयागमन' भन्ने नयाँ शब्द बनेका छन् । यस्तै रीत चल्दै गएर अन्धकारको समयावधि अझ लम्बिदाँ नेपाली भाषाले प्रशस्तै नयाँ नयाँ शब्द पाउने छ भने नेपाली शब्दकोष नयाँ नयाँ शब्दालङ्कारले गर्दा समृद्ध र पवित्र हुँदै जानेछ ।
यी बाहेक कति यस्तै खाले फाइदाहरू आएका छन् र आउने क्रमामा छन् । खोज्दै र बुझ्दै जाँदा यीनका फेहरिस्त लगाउनु यो सानो पोस्टमा असम्भव नै हुनेछ । यी र यस्तै खाले धेरै फाइदाहरूको पत्तो पाएपछि आजकल म पनि लोडसेडिङ देखेर बिरक्तिने हैन्, लोडसेडिङ्गसँग रमाउन थालेको छु । ओहो! कुरा गर्दा गर्दै फेरि मेरोमा बत्ती नीभ्ने बेला भएछ । ल म यसको फाइदा उठाउन तिर लागेँ ......तपाईँ भने यी बाहेकका अरू फाइदाहरु सोच्दै गर्नुस.....Light bulb
savaar: dacharya.blogspot.com

Friday, February 11, 2011

अच्युत घिमिरे

आखिर ईश्वर कसले देख्यो र ? न कसैले आजसम्म ईश्वरसंग कुरा गरेको छ । तर ईश्वरको अस्तित्व छ भन्ने आस्थामा हामी श्रद्धा गर्छौं । आस्थाले नै ईश्वरको स्वरुप बनाउँछ । हामीले फोटोमा देखिरहेको हुनाले शिवको स्वरुप त्यो होला भन्ने अवधारणा बनाएका हौं । गणेशको लामो सुँड हुन्छ भनेकै भरमा गणेशका फोटा भनेर बजारमा भेटिएका हुन् । के गणेशको स्वरुप त्यस्तै होला र ? रामायण श्रृंखलामा रामानन्द सागरको निर्देशनमा रामसीताको भूमिका निर्वाह गरेका अरुण गोविल र दीपिका आज साक्षात् राम सीताका स्वरुप भएर अधिकाँश घरका पूजाकोठाहरुमा सजिएका छन् । के ती आस्थाका ईश्वर हैनन् र ? तपाईं पनि मेरो पाँच इन्द्रियको एउटा अनुमानित स्वरुपमा हुनुहुन्छ र मैंले आस्था राखें तपाईंप्रति । तपाईं मलाई सुन्नु हुँदैछ भन्ने आस्थामा न यति कुरा बोलिरहेको छु म । नत्र यो सुनसान कोठामा एक्लै किन बोलिरहन्थें ? हावासंग बोल्नुको कुनै तुक छैन । व्यक्तिसंग बोल्दैछु म र त्यो व्यक्ति तपाईं हो ।
तपाईं पनि यतिबेला त्यहाँ एक्लै यति चिसोमा बसेर देख्दै नदेखेको मान्छे, सधैं रेडियोमा मात्र बोल्नेसंग साथ दिइरहनुको औचित्य के थियो र ? ओछ्यान नजिकै भए खुरुक्कै सुत्नुहुन्थ्यो होला, भान्छामा भए चूपचाप खाना खानुहुन्थ्यो होला, टि.भी. मा राम्रो कार्यक्रम होला, त्यो हेर्नुहुन्थ्यो होला । तर तपाईंलाई पनि मसंग कुरा गर्नुछ । त्यसैले तपाईं सुत्नुहुन्न, टिभी हेर्नुहुन्न वा मलाई नसुनिने ठाउँमा जानुहुन्न । कुरा गर्ने भनेर दुई जनाको संवाद पटापट नै हुनुपर्छ र ? म तपाईंको कुरा गर्छु, तपाईं मलाई सुन्नुहुन्छ । टेलिफोनले दोहोरो संवाद गराउँछ, पत्रले एकोहोरो सन्देश ल्याउँछ र रेडियोले एकोहोरो कुरा गराउँछ ।
यसो भनेर रेडियो मात्र तपाईंको साथी हैन । म तपाईंको साथी हुँ । रेडियो मात्र तपाईंको साथी भए भरे राती ११–१२ बजेपछि तपाईंले सुनेका रेडियो स्टेशनबाट आवाजहरु आउन छोडेपछि पनि तपाईं आफ्नो रेडियो सेट च्यापेरै बस्नुहुन्थ्यो । तर तपाईं त्यसो गर्नुहुन्न । त्यसैले रेडियो माध्यम हो हाम्रो सम्बन्धको । प्रेम त तपाईं र म बीच छ, आत्मीयता हामी बीच छ । सम्बन्ध, यो बाबष्च, यो निकटता...यो त केवल तपाईं र म बीच छ । त्यसैले मेरो बुलबुलियन आउनुस्, एकपटक या हाम्रो सम्बन्धको माध्यम रेडियोलाई धन्यवाद दिऊँ । अनि यही रेडियो बनाउने मार्कोनीलाई पनि धन्यवाद जसले तपाईं र मेरो सम्बन्ध सेतुको काम गर्यो । र हाम्रो सम्बन्ध युग युग बाँचिरहोस् । (अच्युत घिमिरे)
आउनु महिना दिन को बिदा मागेर प्रिया...!!

आउनु महिना दिन को बिदा मागेर प्रिया
आउनु महिना दिन को बिदा मागेर प्रिया
लेउनु दशै तिहार सँगइ डाकेर प्रिया

हेर्नु है धुर्ब तारालाई मन बाधेर प्रिया
हेर्नु है धुर्ब तारालाई मन बाधेर प्रिया
दशैमा नाउनी भए बाटो नहेर प्रिया (गोपी दवाडि,अजिता अधिकारि)

युगौ युगको चोखो माया कसले आज रेट्यो प्रिया..!!

पहाड बनि उभिएर कसले बाटो छेक्यो प्रिया
पहाड बनि उभिएर कसले बाटो छेक्यो प्रिया
युगौ युगको चोखो माया कसले आज रेट्यो प्रिया

तिमी फुल्थयौ बगैचामा म फुल्दथे भिर पाखामा
हाम्रा कथा बंग्रयाएर कसले आज लेख्यो प्रिया
युगौ युगको चोखो माया कसले आज रेट्यो प्रिया (श्रेष्ठ पिया पथ्थर)

|| ke ho ghazal || Achyut Ghimire ||

गीत र गजलमा आकाश जमीनको फरक छ । गजल के हो भन्ने बुझ्न, गजल के होइन, जान्नु जरुरी हुन्छ । उत्पतिका हिसाबले गजल नज्म र कसिदाको ढाँचासंग मेल खान्छ, तर कसिदा गजल जति लोकप्रिय हुन सकेन । इतिहासको कुनै कालखण्डमा अरबले इरान माथि विजय प्राप्त गरेपछि अरब र इरानी संस्कृतिको परस्पर संकरण पश्चात् कसिदाको उत्पति भएको मानिन्छ । पछि इरानीहरुले यसैलाई छुट्टयाएर एउटा नयाँ विधाको जन्म दिए । अर्थात् गजल इरानीहरुको आविष्कार हो । तर यो आविष्कार दुइटा भिन्न संस्कृतिको विलय पश्चात् मात्र सम्भव भएको हो । त्यतिबेला इरानीहरुको धर्मप्रचारबाट जहाँ जहाँ इस्लाम धर्म पुग्यो त्यहाँ त्यहाँ गजल आफ्नो संपूर्ण विलक्षणता र रसहरुका साथ छाँया झैं प्रविष्ट भयो । पाक–भारतीय उपमहाद्वीपको साहित्यिक र साँस्कृतिक परम्परामा फारसी साहित्यको ठूलो भूमिका रहेको छ, त्यसैकारण गजल यस क्षेत्रको लोकप्रिया विधा बन्न गयो । गजलको लोकप्रियता यस क्षेत्रमा यति व्यापक हुन पुग्यो कि साहित्यमा स्थानीय उपमाहरुको सट्टामा इरानी उपमाहरु प्रयोग हुन थाले । बुलबुल यसैको ज्वलन्त उदाहरण हो । (अच्युत घिमिरे)

संगीहरुको हुलमा हुदा!!!

संगीहरुको हुलमा हुदा मलाई उसले डाकेपछि ।
के गरु म रातो गुलाफ मेरै सामु राखेपछि ।

उम्काउनलाई प्रयास मैले नगरेको होइन,
कति गरु अस्वीकार गर्दा गर्दै थाकेपछि ।

उसका पछि लाग्ने पनि थिए होलान् कति कति,
गल्दै गए नजर बाडले मलाई मात्र ताकेपछि ।

उ मेरो अनि म उसकै लागी जन्मेको रे
हार खाए मलाइ पाउन देवी देवता भाकेपछि ।

फलाम होइन मेरो मन पगाल्नलाइ आगो चाहिने
विवश भए उसको माया जालले मलाइ ढाकेपछि ।

शनैः शनैः छहारीको अभाव दुख्न थाल्यो
गरें स्वीकार म मा पनि मायाको बेल पाकेपछि । (आस्था दाहाल)

रहरले हुन्न माया

कति जिद्धि गछौ तिमी रहरले हुन्न माया ।
कति जिद्धि गछौ तिमी रहरले हुन्न माया ।
रोमै दिन्छु भन्छौ सधै सहरले हुन्न माया ।
शिर देखि पाउ तुन्दै नकोर भो गजल कुनै ।
नाना भाती बयान बोक्ने बहरले हुन्न माया ।
रोमै दिन्छु भन्छौ सधै सहरले हुन्न माया । ( निर्मला थापा, काठमाडौं )

छोरा चिन्न आउछु

यसपाली बाबालाई टोपी किन्न आँउछु ।
धैर्य गर मेरी प्रिय छोरा चिन्न आउछु ।
गोली चल्न छोडे भन्छन् ।
सास फेर्न पाइन्छ कि ।
गोली चल्न छोडे भन्छन् ।
सास फेर्न पाइन्छ कि ।
दुइ चार पैसा बोकिकन रिन छिन्न आउछु ।
धैर्य गर मेरी प्रिय छोरा चिन्न आउछु । (यम बुढा मगर, दुबई)

|| Ek Katha || BULBUL ||

कुनै बेला एउटा सिपाही र एउटी राजकुमारी बीच प्रेम बस्यो । राजकुमारी सिपाहीको प्रेम जाँच्न वा ऊ संग ठट्टा गर्न बेला बेला उसको प्रेमलाई अनेक प्रकारले जाँच्ने गर्थिन् । सिपाही राजकुमारीको प्रेममा चुर्लुम्म डुबिसकेको थियो । राजकुमारीले जे प्रस्ताव राखे पनि आफ्नो प्रेम सत्य रहेको देखाउन ऊ हरदम तयार बस्थ्यो ।
एकदिन राजकुमारीलाई रमाइलो गर्न मन लाग्यो । उनले सिपाहीलाई बोलाएर भनिन् तिमी मलाई साँच्चै प्रेम गर्छौ भने मलाई भोलि बिहान एउटा रातो गुलाब उपहार ल्याएर देऊ नत्र म तिमीसंग प्रेम गर्दिन । अर्कै राजकुमार संग बिहा गरेर गइदिन्छु । सिपाही हुन्छ सिवाय केही भन्न नसकेर फक्र्यो । राजकुमारीको बगैंचामा सबै सेता गुलाफका मात्र बोट थिए । त्यो देशैभरि रातो गुलाबको बिरुवा थिएन । निरास सिपाही बगैंचामै बसी विरह गर्न थाल्यो ।
साँझ पर्दै गएपछि एकजोडी बुलबुल चरा त्यहीं बास बस्न आए । निरास सिपाहीको विरह सुनेर बुलबुल जोडीले सोधे – के भयो तिमीलाई ? किन यसरी विलाप गरिरहेका छौ ? सिपाहीले आफ्नो समस्या बतायो । भोलि बिहान सम्म रातो गुलाफ राजकुमारीलाई दिन नसके उनी अर्कै देशको राजकुमारसंग बिहा गरेर जाने र आफ्नो प्रेम निरर्थक हुने सबै सुनायो । त्यसपछि बुलबुल जोडीले उसलाई वचन दिए – भोलि बिहान यही बगैंचामा राजकुमारीलाई लिएर आउनू रातो गुलाफको व्यवस्था हामी गरिदिनेछौं ।
सिपाही आश्वस्त भएर घर फर्कियो । त्यस रात रातभरि राजकुमारीको बगैंचामा प्रेम विरहका गीत गजलहरु सुनिए । राजकुमारीको मन अत्यन्तै पुलकित भयो । बिहान सबेरै सिपाही आयो । राजकुमारीले सोधिन् – रातो गुलाफ खोइ ? सिपाहीले राजकुमारीलाई बगैंचामा लिएर गयो । राजकुमारीका बगैंचामा सबै गुलाफहरु राता थिए । सिपाही र राजकुमारी अगाडि बढ्दै गए । बुलबुल चरीका जोडीहरु अझै गाउँदै थिए विरह गाना ।
नजिक पुगेपछि देखियो भाले बुलबुल आफ्नो छातीलाई गुलाफको बोटको काँडामा घोच्दै रगतले सेता गुलाफहरु रातो पार्दै थियो । पोथी बुलबुल रुँदै विरह गाना गाउँदै थिई । पोथी बुलबुलको गायनमा जति जोड हुन्थ्यो त्यति नै जोडले भाले बुलबुल आफ्नो शरीरलाई काँडामा घोच्थ्यो । यसरी रगत बग्दा बग्दा भाले बुलबुलले सबै गुलाफहरु रंगाएर रातो बनायो अनि उसको प्राण गयो । भालेको मृत्यु संगसंगै पोथी बुलबुलको विरह गायन पनि बन्द भयो र उसको पनि प्राणको गति रोकियो । दुवै चरा गुलाफका बोटबाट भूइँमा झरेर अमर भए । (अच्युत घिमिरे)

Friday, February 4, 2011

विज्ञानले खोजेको बारुदको खानीदेखि

विज्ञानले खोजेको बारुदको खानीदेखि घृणा लाग्छ
आधुनिक विकासले पुर्याएको हानीदेखि घृणा लाग्छ

सानो बच्चा पनि खेलौना खेल्छन् बन्दुक लिएर
बाटोमा िहंडेका साना ती नानीदेखि घृणा लाग्छ

मकै भुट्नु र मान्छे चुट्नु बाँकी भएन संसारमा
सधैं पड्किरहेको सुनिरहने बानीदेखि घृणा लाग्छ

को आफ्नो को पराइ विश्वास छैन आजभोिल
पवित्र आत्माले दिएको पानीदेखि घृणा लाग्छ

राम्रो वाणी असल व्यवहार छैन समानता कतै यहाँ
देखावटी परिवेशमा बनेको ज्ञानीदेखि घृणा लाग्छ


युवराज सुवेदी
वालिङ्ग-५,भरुवा,स्याङ्गजा

Wednesday, February 2, 2011

जिन्दगिको गोरेटोमा

जिन्दगिको गोरेटोमा, मैले माया लाको छैन्
धरो–धर्म झुटा बाचा, अहिले सम्म खाको छैन् .



भगवानलाई साच्ची राखी,वाचा कसम खान्छन अरे
भगवानलाई खोजी हिडेको,अझै सम्म पाको छैन् .


मायाको बिज सुरु गर्न,मन्दिर नै जाने अरे
र्दुभाग्य नै भन्नु पर्छ,मन्दिर अझै धाको छैन् .


दुई मुटुको मिलन् नै,माया हो भन्छन् यहा
मुटु जोडी माया गर्ने,अहिले सम्म बनाको छैन् .

माधब प्रसाद पौडेल
बल्खु, काठमाडौं

तिम्रो मेरो दोहोरी आज अरु कोहि गाउदै होलान

तिम्रो मेरो दोहोरी आज अरु कोहि गाउदै होलान
देउरालीमा अर्को जोडी माया प्रिती लाउदै होलान

धोका जति खाए पनि प्रेमी कथा लेख्दै अझै
यादै यादमा हाम्रै जस्तो मध्यरात ढल्दै होलान

पँधेरोमा पानी भर्ने सहेलिको खोजि गर्दै
ठिटा हरु ढुंगा माथि अझै पनी धाउदै होलान

भरत रिमाल
चानुवा -५ धनकुटा
हाल किर्तिपुर काठमाण्डौ