Friday, February 4, 2011

विज्ञानले खोजेको बारुदको खानीदेखि

विज्ञानले खोजेको बारुदको खानीदेखि घृणा लाग्छ
आधुनिक विकासले पुर्याएको हानीदेखि घृणा लाग्छ

सानो बच्चा पनि खेलौना खेल्छन् बन्दुक लिएर
बाटोमा िहंडेका साना ती नानीदेखि घृणा लाग्छ

मकै भुट्नु र मान्छे चुट्नु बाँकी भएन संसारमा
सधैं पड्किरहेको सुनिरहने बानीदेखि घृणा लाग्छ

को आफ्नो को पराइ विश्वास छैन आजभोिल
पवित्र आत्माले दिएको पानीदेखि घृणा लाग्छ

राम्रो वाणी असल व्यवहार छैन समानता कतै यहाँ
देखावटी परिवेशमा बनेको ज्ञानीदेखि घृणा लाग्छ


युवराज सुवेदी
वालिङ्ग-५,भरुवा,स्याङ्गजा

No comments:

Post a Comment