गजल
तिमी माया गर्छौ भने म किन हुन्न भन्थे
भेट्न बेशी झर्छौ भने म किन हुन्न भन्थे
थापेको छु जेहारमा पासो पिरतीको
भन्दाभन्दै पर्छौ भने म किन हुन्न भन्थे
पाखाभरी घाँस बनी पलाएको प्रेम
मीठो मानी चर्छौ भने म किन हुन्न भन्थे
कति गर्नु वारीपारी हेराहेर मात्रै
भेट्न वारी तर्छौ भने म किन हुन्न भन्थे
खाली भएको छ प्याला खै के पान गर्ने
माया ल्याई भर्छौ भने म किन हुन्न भन्थे
द्वापरका विष्णु जस्तै जालन्धर बनी
एकान्तमा हर्छौ भने म किन हुन्न भन्थे
कति राम्रो फूल भन्दै मैले टिप्न खोज्दा
सुगन्ध नै छर्छौ भने म किन हुन्न भन्थे
मौका मिलेको छ अब दीक्षान्त छ एक्लै
माया रुप धर्छौ भने म किन हुन्न भन्थे
यादव प्रसाद अधिकारी दीक्षान्त
बी एड प्रथम वर्ष
सुर्यगढी सामुदायिक क्याम्पस
नुवाकोट
No comments:
Post a Comment